गोदावरी-७ हरैयामा माघी मिलन सांस्कृतिक कार्यक्रम सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-७ हरैयामा माघी मिलन सांस्कृतिक कार्यक्रम सुरु भएको छ । थारु एवम् राना थारु गोदावरी नगर भलमन्सा (बरघर) समिति को आयोजनामा शुक्रबारदेखी सांस्कृतिक कार्यक्रम सुरु भएको हो ।

Dhangadhi_Tihar 2083

३ दिनसम्म सञ्चालन हुने कार्यक्रमको एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरे । कार्यक्रममा नगरउपप्रमुख शारदा देवी रोकाया, वडा नं. १ का वडाध्यक्ष एवम् नगरप्रवत्ता गोपाल दत्त भट्ट, वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल, वडा नं. ७ की वडाध्यक्ष कलावती साउँद लगायतको सहभागिता रहेको थियो ।

थारु एवम् राना थारु संस्कृतिको संरक्षण र सो संस्कृति पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समितिका अध्यक्ष मान बहादुर चौधरीले जानकारी दिए । पुर्खा देखिको थारु एवम् राना थारु समुदायको चालचलन र रहन सहन आउँदो पुस्तालाई पनि हस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।

१८ गते सम्म सञ्चालन हुने उक्त सांस्कृतिक कार्यक्रमलाई गोदावरी नगरपालिकाले सहयोग गरेको छ भने हरैया गाउँ समाजले उक्त सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको छ । कार्यक्रम सुरु हुन अघि नगरप्रमुख भट्टलाई विभिन्न सांस्कृतिक झाँकीमार्फत आयोजकले स्वागत गरेको थियो । कार्यक्रममा थारु समुदायका विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।

Loading...