धनगढी : कृते मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले कृते मुद्दामा १ वर्ष कैद सजाय र १ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–४ बस्ने ३५ वर्षीय सुरेशबहादुर दमाई पक्राउ परेका हुन्।
दमाईलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ।