अत्तरिया : तत्कालीन नेकपा एकीकृत समाजवादीको खेलकुद महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा युवा सङ्घका प्रदेश उप-सचिव बहादुर खड्काको नेतृत्वमा केहि युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार बिहान एमाले उप- महसचिब लेखराज भट्टबाट खादा माला लगाएर उनिहरु एमाले प्रबेश गरेका हुन् । खड्का गौरीगंगा -६ बनबेहडाका स्थानीय बासिन्दा हुन् ।
उनको उपस्थितिले कैलाली -४ मा एमाले बलियो हुने स्थानीय नेताकार्यकर्ताको बुझाइ रहेको छ ।