कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कैलालीमा पक्राउ

कैलाली : कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

Dhangadhi_Tihar 2083

सम्मानित जिल्ला अदालत कैलालीको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २ वर्ष कैद र ५ सय रुपैयाँ जरिवाना सजाय पाएका धनगढी उपमहानगरपालिका–२ निवासी ३४ वर्षीय हरि यादवलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति माघ २६ गते धनगढी उपमहानगरपालिका–३, मिलनचोक क्षेत्रबाट यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार फैसलाको कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

Loading...