एपोलो टायर्स कम्पनिद्धारा धनगढीमा आँखा तथा स्वास्थ्य शिविर आयोजना

अत्तरिया : कैलालीको धनगढी बसपार्कमा आँखा तथा स्वास्थ्य जाँच शिविर आयोजना गरिएको छ ।

एपोलो टायर्स कम्पनिले चालक र सहचालकहरुका लागि धनगढीमा आँखा तथा स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा १२५ जनाले सेवा लिएको एपोलो टायर्स कम्पनिका एरिया मेनेजन सुदेश बर्मा ले जानकारी दिए ।

उनले यातायात तथा टायर उद्योगको मेरुदण्ड मानिने चालक र फिट्टर समुदायलाई सहयोग र समर्थन गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको बताए । शिविरमा सामान्य स्वास्थ्य परीक्षण, आँखाको जाँच तथा स्वास्थ्य सचेतना प्रदान गरिएको थियो ।

जसले चालक र फिट्टरहरूलाई स्वस्थ, सतर्क र यात्राका लागि तयार रहन मद्दत गर्ने विश्वास लिएको बर्माले बताए । एपोलो टायर्सले सडकमा दिनरात मेहनत गर्ने व्यक्तिहरूको स्वास्थ्यलाई पनि उत्तिकै महत्व दिने गरेको उनको भनाई छ ।

उनले शिविरमार्फत एपोलो टायर्स कम्पनिले व्यवसायभन्दा बाहिर गएर सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको बताए ।

Deep Jyoti Pustak psl
Loading...