बाजुरा : बाजुरामा भोट भाषाको पढाइ सुरु भएको छ। जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–९, डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा दलित जनजाति आवासीय विद्यालयले भोट भाषामा पढाइ सुरु गरेको हो। सिद्धेश्वरीमा प्राय भोटे समुदायका बालबालिकाहरू पठनपाठन गर्ने गर्छन्।
विद्यालयले उनीहरूलाई त्यही आवासमा राखेर पढाउने गरेको छ। पछिल्लो समय भोटभाषा लोप हुँदै गएको भन्दै विद्यालयले त्यसलाई जगेर्ना गर्ने गरी यतिबेला भोटभाषाको पढाइ सुरु गरेको विद्यालयले जनाएको छ।
यहाँका सरकारी काम काजमा प्राय राष्ट्रिय भाषा बोल्ने गरेको भए पनि अघिपछि उनीहरूले भोटभाषामा नै बोलचाल गर्ने गर्छन्। भोटभाषा पढाउनका लागि विद्यालयले एक जना भोटभाषा अध्यन गरेको शिक्षक राखेर भोटभाषाको पढाइ गर्ने गरेको हो। २०७९ साल देखि यो विद्यालयले भोटभाषाको पढाइ सुरु गरेको हो।
अहिले विद्यालयले कक्षा दुईसम्म भोट भाषाको किताब ल्याएर पढाइ गर्दै आएको छ। विद्यालयले यो भाषालाई अतिरिक्त क्रियाकपालमको रूपमा पढाउने गरेको छ। बिहान दस देखि चार बजे सम्म विद्यालयमा अरु अंग्रेजी र नेपाली भाषामा पढाइ हुन्छ भने बेलुकी पाँच बजेदेखि छ बजेसम्म भोटभाषाको किताब पढाइ हुने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा ललित जनजाति आवासीय विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतले बताए।
उनले भने, ’यो विद्यालय बाजुराको एक मात्र जनजातिको विद्यालय हो। यसमा प्राय जनजातिका बालबालिकाहरू पढ्ने गरेका छन्। ’ पुराना पुस्ताले बोल्दै आएको भोटभाषा अहिलेको नयाँ पुस्ताले बोल्न छोड्दै गएका छन्। विस्तारै यो भोटभाषा लोप हँदै गएकोले यसको जगर्नेनाका लागि यो विद्यलयले भोटभाषामा पढाइ सुरु गरेको प्राधानाध्यापक रावतले बताए।
हाम्रो बाबु बाजेले प्राय भोट भाषा बोल्ने र पढ्ने गरेका थिए। अहिले हाम्रो पुस्ताले प्राय यो भाषा बोल्नै छोडेकोले यो भाष लोप हुने डरले यती बेला हामीले विद्यालयमा भोटभाषामा पढाई सुरु गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिह गुरुङले बताए। उनले भने, ’बाजुरादेखि यो भाषा लोप हुँदै गएकोले यसलाई बचाउनका लागि अहिलेकको नयाँ पुस्तालाई यो भाषा सिकाउनु अनिवार्य रहेको छ।
त्यसैले भोटभाषा लोप नहुने गरी हामी यो विद्यालयमा भोटभाषाको पढाइ गरेका छौं।’ अहिले कक्षा दुइ सम्मको पढाइ हुन्छ। विस्तारै कक्षा दुइदेखि कक्षा पाँचसम्मको किताब ल्याएर पनि पढाउने तयारी रहेको गुरुङले बताए।
विद्यालयमा अहिले झण्डै एक सय बीस जना बालबालिकाहरू पढ्ने गरेका छन्। ती मध्ये ६३ जना विद्यालयमा बसेर पढ्ने गरेका छन्। गोरखापत्र बाट
