गोदावरी-३ चौकिडाँडामा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडामा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

मंगलबार पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च २४२२ नम्बरको भ्यानले ओभरटेक गर्ने क्रममा कञ्चनपुरबाट अत्तरिया आउँदै गरेको से.प.प्र.०१-०१३ प ८१९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

भ्यानको ठक्करपछि अनियन्त्रित भएको उक्त मोटरसाइकल अत्तरियाबाट कञ्चनपुरतर्फ जाँदै गरेको से.६ प ६०८१ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा से.प.प्र.०१-०१३ प ८१९८ नम्बरको मोटरसाइकल चालक कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ का २० वर्षीय लोकेन्द्र साउँद, सोही मोटरसाइकलमा पछाडि सवार बेलडाँडी-१ का करिब २३ वर्षीय विनोद बडुवाल घाइते भएका छन् ।

यस्तै, अर्को मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका-५ का करिब २५ वर्षीय होमिन चौधरी पनि घाइते भएको प्रहरीले जनाएको छ । तीनै घाइतेको अत्तरिया अस्पताल उपचार भैइरहेको छ । दुर्घटना पछि भ्यान फरार भएको थियो । उक्त भ्यान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...