अत्तरिया : नेपाली कांग्रेस क्षेत्र नम्बर ४ कैलालीका प्रतिनिधि सभा उम्मेदवार गोरख बहादुर विष्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
आइतबार आयोजित एक कार्यक्रमका बिच उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन । प्रतिबद्धता पत्रमा उनले राष्ट्रवाद, लोकतन्त्र र समाजवादका मूल्यमान्यतामा आधारित समावेशी विकास, सुशासन र सामाजिक न्याय आफ्नो प्राथमिकता रहने बताएका छन् ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विष्टले कैलाली क्षेत्र नम्बर ४ को भौगोलिक विकटता, बेरोजगारी, गरिबी, पूर्वाधार अभाव, शिक्षा र स्वास्थ्य क्षेत्रका चुनौतीलाई सम्बोधन गर्ने स्पष्ट कार्य योजना रहेको बताए।
उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबिच समन्वय, सहकार्य र सहभागितामार्फत दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा बोल्दै विष्टले कैलाली क्षेत्र नम्बर ४ का मतदातासँग विकास र परिवर्तनका लागि साथ दिन आग्रह गरे।
प्रतिबद्धता पत्र





