अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ मा २ जनामाथी कुटपिट भएको छ ।
बिहिबार अत्तरियामा स्थानिय जंग बहादुर राना दम्पत्तिमाथी कुटपिट भएको हो । श्रीमान श्रीमती सँगै जाने क्रममा आफूहरुमाथी दुई जनाले कुटपिट गरेको रानाले बताए ।
उनले वडा नं. १ मा रहेको घण्टेश्वरी माविमा रहेको मतदान केन्द्रमा मतदान गर्न स्कुटीमा गईरहेका बेला एक्कासी आएर स्कुटीको बाटो छेकी आफूहरुमाथी कुटपिट गरेको बताए ।
उनले स्थानिय गोकर्ण बिष्ट र उनको भाई चक्र बिष्टले श्रीमान श्रीमती माथी नै कुटपिट गरेको बताए ।