कैलालीमा दुई भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी, पलिया बस्ने ३७ वर्षीय मनुवर अली र ३९ वर्षीय महम्मद असरफ अली रहेका छन्। उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट करिब ३ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो।

उक्त पदार्थ बरामद भएपछि आवश्यक प्रक्रिया पूरा गरी दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...