बाजुरामा हावाहुरीसँगै असिना पानी पर्यो, गहुँबालीमा क्षति

बाजुरा : बाजुरामा हावाहुरीसँगै असिना पानी परेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा असिना पानी परेको हो ।

आइतबार बिहानबाटै मौसममा बदलिए आएसँगै चिसोसमेत बढेको छ । हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटरलगायतको तरकारी बालीमा असर परेको छ ।

असिनाले हिउँदे बाली गँहु, जौ, तरकारी, फलफुल खेतीमा ठूलो क्षति भएको बडिमालिका–७ का स्थानीय मोती उपाध्यायले बताए । बाजुरामा वर्षेनी असिना पानीले हिउँदे बालीनालीमा असर गर्ने गरेको उनी बताउँछन् ।

असिना पानीले गहुँबालीमा क्षति गरेपनि भर्खरै लगाएका फलफूलका बिरुवाहरुलाई भने राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...