कञ्चनपुरबाट लाखौ को सामान बरामद

अत्तरिया : कञ्चनपुरबाट पाँच लाख ६६ हजार चार सय मूल्य बराबरको सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमवार राति उक्त मूल्य बराबरको भन्सार दलीको सामान बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी पुस्कर राज पन्तका अनुसार गोप्य सूचनाका आधारमा भीमदत्त नगरपालिका वडा नम्बर ११ तीनताराबाट भन्सार छलीका चप्पल, कपडा, तौलिया, बिडी, माला, धोती, सुट ल गाएतका विभिन्न सामान बरामद गरिएको हो। प्रहरीले भन्सार छलीको सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ।

Deep Jyoti Pustak psl
Loading...