माओवादी सुदूरपश्चिमका कमाण्डर आचार्य अस्वस्थ

अत्तरिया : नेकपा (माओवादी केन्द्र)का सचिव तथा सुदूरपश्चिम प्रदेशका कमाण्डर (इन्चार्ज) डिलाराम आचार्य बिरामी भएका छन् ।

बुधबार बिहान पार्टीको तीन महिने अभियानका लागि अछामको साँफेबगर पुगेका उनी एक्कासी अस्वस्थ भएका हुन्।

माओवादी नेता खगराज भट्टका अनुसार प्युठानका आचार्यलाई अहिले अस्वस्थ भएपछि उपचारका लागि लगिएको छ।

‘अछामको साँफेबगरको एउटा होटलमा बसिरहँदा उहाँको एक्कासि बोली बन्द भयो। शरीरको एक भाग चलाउन गाह्रो भयो,’ भट्टले भने, ‘त्यसपछि हामीले उहाँलाई बयलपाटा अस्पताल पुर्यायौं।

त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेजमा देखायौं। अहिले काठमाडौं लैजाने तयारी भइरहेको छ।’

उनलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको थियो। अहिले त्यहाँबाट पनि उनलाई जहाजबाट काठमाडौं लगिदै छ।

Deep Jyoti Pustak psl
Loading...