डोटीमा मृत भेटिएका समीरको एक महिनापछि दाह संस्कार

डोटी : गत मंसिर १२ गते बिहान मृत अवस्थामा भेटिएका दिपायल सिलगढी नगरपालिका ५ पुन्नाका ३० वर्षीय युवा समीर भट्टको एक महिनापछि अन्तिम संस्कार भएको छ ।

मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किए घरतिर गएका समिरको भोलीपल्ट गाउँ नजिकै सडक छेउमा शव भेटिएको थियो । समिरको हत्या भएको भन्दै आफ्नहरुको शव बुझ्न मानेका थिएनन् ।

घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन दवाव दिने भन्दै शव बुझेका थिएनन् । बुधबार जिल्ला अदालत डोटीले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि बिहीबार आफन्तहरुले शव बुझेर दाह संस्कार गरेका छन् ।

आफन्तहरुको किटानी जाहेरीका आधारमा प्रहरीले मंसिर १३ गते दिपायल सिगढी नगरपालिका–५ का राम बिष्ट, देवराज भट्ट र लक्ष्मण बिष्टलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो ।

मृतक समीरको शव सडकको किनारमा आधा कपडा खोलिएको अवस्थामा भेटिएको थियो । उनको शव जिल्ला अस्पताल डोटीको शव घरमा राखिएको थियो ।

Loading...