बालकुमारी घटनामा दुई युवकको मृत्यु

काठमाडौं : ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई युवकको मृत्यु भएको छ।

ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री सवार गाडीमा आगजनी गरेका थिए।

# यसअघी अछामका वीरेन्द्र साह को ठाउँमा डोटिका वीरेन्द्र साह भएकाले यो समाचार सच्याइएको छ,सम्पादक”

Loading...