डोटीमा जिल्ला अदालत बाजुराको गाडी दुर्घटना

बाजुरा : जिल्ला अदालत बाजुराको गाडी डोटीमा दुर्घटना भएको छ ।

प्रहरीका अनुसार शुक्रबार बाजुराबाट दिपायल जाँदै गरेको जिल्ला अदालतको बा १ झ ८१८४ नम्बरको गाडी शिलगढी नगरपालिका–६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको हो ।

गाडी डडेल्धुराको अजयमेरू गाउँपालिका–४ का ३० वर्षीय दीपकराज पाण्डेयले चलाएका थिए । गाडीमा उनी मात्रै रहेका र दुर्घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कविन्द्रसिंह बोहराले बताए ।

गाडीको ब्रेक फेल भई दुर्घटना भएको बताइएको छ । घटनास्थलमा अहिले प्रहरीको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...