लाखौँ मुल्यका अवैध प्लाष्टिकसहित कञ्चनपुरमा एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा ११ लाख मुल्य बराबरका अवैध प्लाष्टिकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ का सुशिल गुप्ता शुक्रवार पक्राउ परेका हुन्।

गुप्ताले सञ्चालन गरेको हिमांशु प्लाष्टिक स्टोरको गोदामबाट नेपाल सरकारले प्रतिबन्ध गरेका भन्सार छलीका करिब ११ लाख मुल्य बराबरका प्लाष्टिकजन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए।

बरामद गरेका सामानसहित पक्राउ परेका गुप्तालाई भोलि भन्सार कार्यालय गड्डाचौकी पठाउने सुचना अधिकारी प्रहरी निरीक्षक पन्तले बताए।

Deep Jyoti Pustak psl
Loading...