डोटी : डोटीको सिलगढीमा भएको अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा पद्म पब्लिक मुक्ति नारायण माध्यमिक बिद्यालय विजयी भएको छ । पद्म पब्लिक मुक्ति नारायण माविको ७६औं बार्षिकोत्सवको अवसरमा भएको क्रिकेट प्रतियोगितामा आयोजक रहेको उक्त बिद्यालय विजयी भएको हो ।
आज (सोमबार) दिपायल एकेडेमी दिपायलले फाइनल खेलमा दिएको ८० रनको लक्ष्य पछ्याउदै २ विकेटले विजयी भएको छ । टस जितेर फिल्डीङ रोजेको आयोजक टिमलाई दिपायल एकेडेमीले ८१ रनको लक्ष्य दिएको थियो ।
उक्त बिद्यालयले रु ३५ हजार प्रथम पुरस्कार हात पारेको छ । यस्तै दिपायल एकेडेमीले दोस्रो स्थानमा चित्त बुझाउदै रु २० हजार पुरस्कार हात पारेको हो भने मर्निङ लाइट माध्यमिक बिद्यालयले तृतीय पुरस्कार रु १० हजार हात पारेको छ ।
आयोजक टिमका दिनेश नेपाली फाईनल खेलको उत्कृष्ठ खेलाडी बनेका छन् । २६ गते देखि सञ्चालन भएको प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।
यस्तै वार्षिकोत्सवको अवसरमा शनिबार अन्तर विद्यालय आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता र अन्तर विद्यालय माध्यमिक तह स्तरीय वक्तृत्व कला प्रतियोगिता समेत भएको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा पद्म पब्लिक मुक्ति नारायण मावि सिलगढी प्रथम भएको छ । प्रतियोगितामा भागरथी एकेडेमी सिलगढी दृृतिय भएको छ भने पवित्र आवासिय मावि र मोर्निङ्ग लाईट बोर्डिङ स्कुल तृतीय भएका छन् । प्रतियोगितामा १० वटा टिमहरूको सहभागी रहेको थियो ।
त्यस्तै वक्तृत्व कला प्रतियोगितामा भागरथी एकेडेमीकी अरूणिमा भण्डारी प्रथम भएकी छन् । पद्म पब्लिक मुक्ति नारायण माविकी सीता साउद दृतिय भएकी छन भने पवित्र आवाशिय माविकी अञ्जिता मलासी तृतिय भएकी छन् ।
पद्म पब्लिक मुक्ति नारायण माविले ७६औं बार्षिकोत्सव फागुन २ गते सरस्वती पुजाका दिन मनाउदैछ ।
