कृष्णपुरबाट ५० वर्षीया महिलाको उद्धार

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट एक महिलाको उद्धार गरिएको छ।

कृष्णपुर–२ बाणी क्षेत्रमा मोहना बोहरा नाम गरेकी अन्दाजी ५० वर्षीया महिलालाई उद्धार गरिएको हो।

मानसिक बिरामी रहेकी, डुली रहने र उनको गतिबिधी सामान्य नरहेको भनी त्यस ठाउका स्थानियबाट जानकारी पश्चात महिलाको घर वाणीबाट उद्धार गरिएको कृष्णपुर नगरपालिकाले जनाएको छ।

नगरपालिकाकी उपमेयर द्रोपती राना, वाणी प्रहरी बिटका प्रहरी लगायत त्यस क्षेत्रका सबैको सहयोगमा उनको उद्धार गरि धनगढीको दृस्टि फाउन्डेसनलाई जिम्मा लगाइएको छ।

उनको उपचार निसर्ग अस्पताल धनगढीमा हुनेछ। उनको औषधि उपचारमा कृष्णपुर नगरपालिकाले सहयोग गर्ने पालिकाले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...