डोटीकी १९ वर्षीया जानकी मृत फेला

डोटी : डोटीमा एक किशोरी मृत फेला परेकी छन् ।

जिल्लाको दीपायल सिलगढी नगरपालिका–९ तल्लो कलेनाकी १९ वर्षीया जानकी साउँद झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

उनी हिजो घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

Loading...