कैलारीमा अबैध काठ बरामद

धनगढी : कैलालीको कैलारी गाउँपालिकाबाट अबैध काठ बरामद गरिएको छ।

कैलारी गाउँपालिका–१ दम्मारा स्थित कटैनी नदीको छेउमा लुकाई छिपाई राखेको सिसमको गोलिया थान १० (क्युफिट– ८४.७४) र आपको गोलिया थान २ (क्युफिट (१२.४२) ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले शुक्रवार दिउँसो बरामद गरेको जनाएको छ।

उक्त काठ वेवारिसे अवस्थामा फेला पारि बरामद गरेको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ।

बरामद गरेको काठ आवश्यक कारवाहीको लागि प्रहरीले सब डिभिजन वन कार्यालय बसन्ता कैलालीलाई बुझाएको बताएको छ।

Loading...