डोटीको एक घरमा आगलागी

डोटी : डोटीको के.आई.सिंह गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ।

के.आई.सिंह गाउँपालिका–१ लोली स्थित जोगेनी बि.क.को २ तले कच्ची घर भित्र चुलोमा बालेको आगोबाट मंगलवार दिउँसो आगलागी भएको हो।

आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा,भाँडा बर्तन लगायतका सामान गरि अन्दाजी २ लाख ९४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

उक्त आगलागीबाट मानबिय/चौपाया क्षती नभएको तथा आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...