कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीको दुई स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–४ बसपार्क र भजनी नगरपालिका–३ धुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २५ हजार ६ सय मूल्यको सामान बरामद गरिएको हो।

उक्त सामान मूल्य बराबरको प्याज, चिनी, बिडी लगायतका सामान बुधवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...