डोटी : डोटीमा रुखबाट लडेर एक महिला घाइते भएकी छिन् ।
दिपायल सिलगढी नगरपालिका–८ नारिदाङकी ३२ वर्षीया पुतली विक रुखबाट लडेर घाइते भएकी हुन् । उनी आज बिहान घर नजिकैको सिमलको रुखबाट लडेर घाइते भएकी प्रहरीले बताएको छ ।
उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।