डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा असिना पानी परेको छ।
शनिवार परेको असिना पानीले पाक्न लागेको, गहुँबाली, तरकारी तथा फलफुलमा क्षति पुर्याएको धिर्कामाण्डौँका स्थानिय तथा नेकपा माओवादीका बोगटान फुड्सिल गाउँकमिटीका इन्चार्ज देवबहादुर बोहराले बताए।
असिना पानीले उक्त पालिकाको धिर्कामाण्डौँ, सातफरी, चवराचौतारा लगाएत ७ वटै वडामा क्षति पुर्याएको छ। साथै केआइसिँह तथा बड्डीकेदार गाउँपालिकाका केहि ठाउँमा समेत क्षति पुगेको छ।
पाक्न लागेको गहुँबालीमा क्षति पुुगेपछि किसान मारमा परेका छन्।