सुदूरपश्चिमकी कृषि राज्यमन्त्रीमाथि कारवाही

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट सुदूरपश्चिम सरकारमा कृषि राज्यमन्त्री रहेकी इन्दिरा गिरी कारवाहीमा परेकी छिन ।

उनमाथि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कारबाही गरेकी छन् । अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन् ।

रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो । लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् ।

तर नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् । गिरी कृषि राज्यमन्त्री छिन । श्रेष्ठले सरकारमा सहभागी अन्य नेताहरूलाई भने कारबाही गरेकी छैनन् । उनीहरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

Loading...