कैलालीमा लागुऔषधसहित एक युवती पक्राउ

धनगढी : कैलालीको धनगढीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट २० वर्षीया चेतना सेट्टी अवस्थी लागुऔषधसहित पक्राउ परेकी हुन्।

मंगलबार साँझ ३६० मिलीग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–३ बस्ने चेतनालाइ वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ।

Loading...