कञ्चनपुर : कञ्चनपुरबाट नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहले सोही ठाँउमा सञ्चालन गरेको कालीका रेष्टुरेन्ट भित्र जुवातास खेलिरहेको अबस्थामा सञ्चालक सिंहसहित ११ जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त रेष्टुरेन्टबाट उनिहरुलाई नगद ५७ हजार ३२९ र १३१ पत्ति ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
