अत्तरियाको लोटस स्कुलले आर्थिक अवस्था कमजोर भएकी बडुलाई निःशुल्क पढाउने

अत्तरिया : कैलालीको अत्तरियामा रहेको लोट्स आई अंग्रेजी माध्यमिक बिद्यालयले आर्थिक अभावले पढाइ छोड्नुपर्ने अवस्थामा पुगेकी हेमा बडुलाई निःशुल्क पढाउने भएको छ ।

दुबईमा ज्यान गुमाएका दार्चुलाको ब्यास गाउँपालिका-५ का कृष्णानन्द बडुकी छोरी हेमालाई पुर्ण छात्रवृत्तिमा कक्षा १२ सम्म शिक्षा प्रदान गरिने भएको हो । विद्यालयका प्रबन्धक निर्देशक धुर्ब कडायतले हेमालाई कक्षा ६ देखी १२ सम्म पुर्ण छात्रवृत्तिमा शिक्षा प्रदान गरिने बताए ।

Dhangadhi_Tihar 2083

उनले हेमाका बुवाको निधन हुँदा आर्थिक अभावका कारण शिक्षा आर्जनबाट बञ्चित हुने अवस्था आएको भन्ने थाहा पाएपछि विद्यालयका तर्फबाट सहयोग गरिएको बताए । उनले कुनै पनि बालबालिकाहरुले आर्थिक अभावकै कारण शिक्षा बाट बञ्चित हुनुपर्ने अवस्था आउनुहुदैन भन्ने सोचका साथ हेमालाई अध्यापन गराउने जिम्मा लिएको समेत बताए ।

हेमाका बुवा कृष्णानन्द बडु चार वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा लागि दुबई पुगेका थिए । उनको २०७९ साल कार्तिक ६ गते रहस्यमय निधन भएको थियो । बुवा बैदेशिक रोजगारीमा छदाँ गुणस्तरिय पढाईका लागि आमासँग तराई झरेका हेमा र उनका दाई प्रेम राज बडु बुवाको निधन भएपछि भने आर्थिक अभावका कारण पढाई छाड्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका थिए । उनिहरु गोदावरी नगरपालिका वडा नम्बर २ मा डेरामा बसेका छन ।

यस्तै एमाले निकट बिद्यार्थी संगठनका नेता पुष्प राज सुवेदीले आर्थिक अभावले पढाइ छोड्नुपर्ने अवस्थामा पुगेकी हेमा बडुको सहज शिक्षाका लागि लोटस संग समुन्वय समेत गरेका थिए । हेमालाई पछिल्लो समय सहयोग समेत जुट्न थालेको छ । अत्तरिया लोटस गल्लीमा रहेको विशाल सुट हाउसले हेमाको पढाईमा सहयोग पुगोस भनेर २ थान बिद्यालयको पोसाक, शैक्षिक सामग्रीहरु र नगद दुई हजार आर्थिक सहयोग समेत गरेका छन ।

Loading...