बझाङ प्रदेश सभा १ : कांग्रेसका सिंहले लिए २४१ मतको अग्रता

बझाङ : बझाङ प्रदेश सभा १ मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन्। उनले एमालेका दमनबहादुर भण्डारीसँग २४१ मतको अग्रता कायम राखेका हुन्

पछिल्लो परिणामअनुसार सिंहले ८ हजार ४०६ मत ल्याएका छन् । यसैगरी एमालेका भण्डारीले ८ हजार १६५ मत प्राप्त गरेका छन्।

अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३१३ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत ल्याएका छन् । अहिलेसम्म २२ हजारभन्दा बढी मत गनिएको छ ।

बझाङ प्रदेश सभा (१) मा प्रदेश सभा सदस्य उपनिर्वाचनमा ३० हजार तीन सय २८ खसेको थियो । बझाङ प्रदेशसभा १ (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ मा निधन भएपछि रिक्त स्थानमा २०८१ वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।

Loading...