कञ्चनपुरको बेलौरी ४ मा १८ वर्षमुनिका बालबालिकालाई नसालु पदार्थ बेचे कारबाही गरिने

अत्तरिया : कञ्चनपुरको बेलौरी नगरपालिका ४ नम्बर वडा कार्यालयले व्यापारीहरुलाई १८ वर्षमुनिका बालबालिकालाई नसालु पदार्थ नबेच्न भनेको छ ।

Dhangadhi_Tihar 2083

नगरपालिकाले चेतावनीसहितको सूचना जारी गर्दै १८ वर्षमुनिका बालबालिकालाई नसालु पदार्थ बेच्न नपाइने जनाएको हो ।

उमेर नपुगेका १८ वर्षमुनिका बालबालिकाहरुलाई लागुऔषध, धुम्रपान तथा मदिरा विक्रीवितरण गर्न नपाइने, कानुनविपरीत अवैध रुपमा मदिरा उत्पादन, ओसारपसार तथा विक्रीवितरण गर्न नपाइने, अनुमति पत्र लिएकाले मात्र साँझ ५ः३० बजेदेखि राति १० बजेसम्म नियमानुसार मदिरा विक्रीवितरण गर्न पाइने, अनुमति पत्र नलिई तथा समयको पालना नगरी जथाभावी मदिरा विक्री गरेको पाइए जफत गरिनुका साथै कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

लागुऔषध, धुम्रपान तथा मदिरा सेवनबाट ठुलो जनधनको क्षति हुनुका साथै विकृति बढ्दै गइरहेकाले सर्वसाधारणको हित र स्वास्थ्यलाई मध्यनजर गर्दै वडाभित्र लागुऔषध, धुम्रपान तथा मदिरा नियन्त्रण र व्यवस्थित गरी विकृति, विसङ्गति हटाई सुरक्षित र सभ्य समाज निर्माण गर्ने उद्देश्य लिइएको जनाइएको छ ।

Loading...