बैतडीमा डढेलो निभाउँदा घाइते भएका जीवन बिष्टको उपचारमा आर्थिक अभाव

बैतडी : सामुदायिक वनको डढेलो निभाउने क्रममा घाइते भएका बैतडीका जीवन बिष्टको उपचारमा आर्थिक अभाव भएको छ ।

Dhangadhi_Tihar 2083

पाटन नगरपालिका-६ सुकेलीका उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनी सोमवार कर्कल सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका थिए ।

पाटन प्राथमिक उपचार केन्द्रबाट डडेल्धुरा रिफर गरिएका विष्टको उपचारका लागि आर्थिक अभाव भएको बताउँदै उनका आफ्न्त अशोक विष्टले सहयोगका लागि आग्रह गरेका छन् ।

उनलाई सहयोगका लागि एनआईसि एसिया बैंक पाटनमा रहेको खाता न २९२५७५२६८२२९५००१ तथा जीवनकी आमा हिमन्ती विष्टको मोबाइल नम्बर ९७६६९७०३४९ मा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरिएको छ ।

Loading...