अत्तरिया : अत्तरियामा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा र्यालीको आयोजना गरिएको छ ।

ई–रिक्सा समिति मजदुर संघ अत्तरियाले दिवसको अवसरमा अत्तरिया बजारमा र्यालीको आयोजना गरेको हो । १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सबै श्रमिक एक हौ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै र्यालीको आयोजना गरिएको समितिका अध्यक्ष महानन्द भट्टले जानकारी दिए ।
उनले बजारमा शान्तीपुर्ण र्याली गरिएको र उक्त र्यालीमा करिब एक सय वटा रिक्साहरु समावेश गरिएको बताए । उक्त र्यालीले अत्तरिया बजार पुरै परिक्रमा गरेको थियो ।