कैलालीमा घर र कुखुराको खोरमा आगलागी हुँदा २ लाख बढी क्षती

धनगढी : कैलालीमा एक घर र कुखुराको खोरमा आगलागी भएको छ।

Dhangadhi_Tihar 2083

बर्दगोरिया गाउँपालिका–३ खैरेनी बस्ने ठेउके दमाईको घर र सोही आगोबाट रबि जनालाको नजिकै रहेको कुखुराको खोरमा आगलागी भएको हो।

आगलागी हुँदा अन्दाजी २ लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको छ।

Loading...