कञ्चनपुरको बेलौरीमा बेवारिसे अबस्थामा फेला परेका अबैध माछा नष्ट

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा बेवारिसे अबस्थामा फेला परेका अबैध माछा नष्ट गरिएको छ।

Dhangadhi_Tihar 2083

बेलौरी नगरपालिका–३ बन्द तालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ४० के.जी. माछा बुधवार नष्ट गरिएको हो।

अन्दाजी १४ हजार मूल्य बराबरको ४० के.जी. माछा प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नष्ट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

Loading...