कैलालीको गौरीगंंगाले सहकारीको ऋण लिएका व्यक्तिले तत्काल ऋण नतिरे कारवाही गर्ने

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिकाले सहकारी संस्थाहरुबाट ऋण लिएका व्यक्तिलाई तत्काल ऋण तिर्न भनेको छ ।

Dhangadhi_Tihar 2083

नगरपालिकाले एक सूचना जारी गर्दै सहकारी संस्थाले पटक पटक ताकेता गर्दा समेत सम्पर्कमा नआएको गुनासो आएकाले ऋण नतिरेका ऋणीहरुले सम्बन्धित सहकारी संस्थाहरुमा सम्पर्क गरि ऋण भुक्तानी गर्न भनेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीको हस्ताक्षर रहेको सूचनामा ऋण नतिरे प्रचलित कानुन बमोजिम कारवाही हुने उल्लेख छ ।

Loading...