अत्तरिया : कैलालीको अत्तरियामा रहेको एक कच्चि घरमा आगलागी भएको छ ।

बिहिबार गोदावरी नगरपालिका – १ अत्तरिया चोकको पुर्व रोडमा रहेको पशुपती दमाइको घरमा आगलागी भएको हो ।
विद्युत सर्ट भएर आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा जलेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । सुरक्षा सामुदायिक वन सँगै जोडिएको सो घरका मानिस भने भारतमा बस्दै आएकाले घर भित्र के के थियो भन्ने एकिन विवरण प्राप्त नभएको प्रहरीको भनाइ छ ।
आगो स्थानीय र गोदावरी नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।