मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भनेर बोलाइएको प्रदेश सभा बैठक स्थगित

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भनेर बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।

प्रदेश सभा सचिवालयले शनिबार साँझ साढे ५ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराएपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार साँझ ५ बजे बैठक बोलाएका थिए ।

बिहान बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले अनुपस्थित भएपछि स्थगित भएको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गरेको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित रहेको थियो ।

Loading...