बँदेलको आक्रमणबाट अछाममा एक पुरुष घाइते

अछाम : अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

Dhangadhi_Tihar 2083

जिल्लाको कमलबजार नगरपालिका–ढुङ्गाल्लाका ५२ वर्षीय शिवराम चलाउने घाइते भएका हुन। उनलाई बँदेलले घरको आगनमा गहुँ केलाइरहेको बेला आक्रमण गरेको अछाम प्रहरीले जनाएको छ।

उनको दायाँ हात, दायाँ खुट्टा र निधारमा चोट लागेको छ। घाइते चलाउनेको जिल्ला अस्पताल मंगलसेनमा उपचार हुन नसकेपछि थप उपचारको लागि सुर्खेत रेफर गरिएको छ।

Loading...