कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

अत्तरिया : कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट साढे ११ लाख बढीको अवैध सामान बरामद गरिएको छ ।

 शुक्रबार कैलालीको धनगढी – ३, भजनी – ५ र ८, टीकापुर – ९ खक्रौला र कैलारी –५ बड्की पलियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ५ लाख ५ हजार ७४० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।

जसमा प्याज, चिनी, सुर्ती, नरिवल, खानेतेल, जिरा, बिडी,तर्बुजा, सुटपिस, दोपट्टा, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी, वाल फ्यान, बोईलर कुखुरा, मोटरसाईकल लगायतका सामानहरु रहेको जिल्ला पहरी कार्याल्य कैलालीले जनाएको छ ।

Dhangadhi_Tihar 2083

त्यस्तै भिमदत्त नगरपालिका – १० र ११ र बेलौरी – ८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख २६ हजार ३० रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।

जसमा चिनी, मिश्री, नरिवल, साईकलको ट्युव लगायतका सामानहरु, चप्पल, पेय पदार्थ, माछा समेतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले शुक्रबार नै कञ्चनपुरकै लालझाडी गाउपालिका –१ र २ को बिच सिमाना बिनाबारीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ट्याक्टरमा ल्याउदै गरेको अन्दाजी ५ लाख ३८ हजार ३ सय बराबरको प्याज,पेय पदार्थ, माछा लगायत ट्याक्टर थान बरामद गरेको जनाएको छ ।

प्रहरीले ट्याक्टर चालक कृष्णपुर नगरपालिका – ८ का १८ वर्षीय अनिल रानालाई पनि नियन्त्रणमा लिएको छ ।

Loading...