धनगढी- १८ मा विश्व हिन्दु परिषद्को वडा समिति गठन

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा विश्व हिन्दु परिषद्को वडा समिति गठन भएको छ।

Dhangadhi_Tihar 2083

शनिवार विश्व हिन्दु परिषद् धनगढी नगर समितिका अध्यक्ष महेन्द्रराज पन्तको अध्यक्षतामा भएको वडा भेलामा स्थानीय थलराम रिजालजीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन भएको हो।

समितिको उपाध्यक्षमा कल्पना चापागाई, सचिवमा गणेशबहादुर बिक, कोषाध्यक्षमा मिश्रिलाल डगौरा तथा सदस्यमा तुलसी भण्डारी, जीवन ओली, पुष्पराज घिमिरे र डम्बरराज जोशी चयन भएका छन्।

पूर्व वडा अध्यक्ष मुरारी अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा समितिका कोषाध्यक्ष अमितकुमार भुजनियाजीले विश्व हिन्दु परिषद्का विषयमा जानकारी गराएका थिए।

Loading...