अत्तरिया : कैलालीस्थित धनगढीका दुइ युवा लागुऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटबाट उनीहरू पक्राउ परेका हुन।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार २ ग्राम २१० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का २३ वर्षीय सन्तोष राना र २२ वर्षीय शिवा राना लागुऔषधसहित पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय, बेलडाँडी कञ्चनपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।उनीहरूको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ।
