आगोमा परेर बझाङकी एक महिला घाइते

बझाङ : बझाङमा आगोमा परेर एक महिला घाइते भएकी छन्।

जिल्लाको बित्थडचिर गाउँपालिका –६ की ४६ वर्षिया बेलमती देवी धामी जलेर घाइते भएकी हुन्। बित्थडचिर गाउँपालिका–६ कचडास्थित करौल सामुदायिक वनमा लागेको डढेलो धामीको घर नजिकैको खरमा सल्किएको थियो।

खरमा सल्किएको आगो नियन्त्रणमा लिने क्रममा उनको दुबै हात र खुट्टा जलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार घाइते धामीको प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचार भइरहेको छ। अवस्था मध्यम रहेको छ।

Deep Jyoti Pustak psl
Loading...