अत्तरिया : नेकपा एमालेका कैलाली जिल्ला सदस्य चक्र बहादुर बोगटीले पदबाट राजिनामा दिएका छन् ।
एमालेको गत फागुनमा सम्पन्न अधिवेशनबाट जिल्ला कमिटि सदस्य पदमा निर्वाचित भएका बोगटीले उक्त पदबाट राजिनामा दिएका हुन । पार्टीको जिल्ला कमिटिमा गुटबन्दी बढी हुँदा आफुले पदबाट राजिनामा दिएको उनले बताए ।
नेकपा एमालेको जिल्ला कमिटि अध्यक्षमा यज्ञ ढुंगाना निर्वाचित भएका थिए । कैलालीकै चुरे गाउँपालिका अध्यक्ष समेत रहेका बोगटी डेजी पाण्डेयको प्यानलबाट चुनावमा होमिएका थिए ।