कञ्चनपुर : कञ्चनपुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोल स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको भीमदत्त नगरपालिका–५ सुकासाल बस्ने २४ वर्षीय बिक्रमसिह साँउद आइतवार पक्राउ परेका हुन्।
साँउदलाई २ ग्राम ७२० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।