लेक लागेर बिरामी भएका ५४ वर्षिय पुरुषको उद्धार

बझाङ : बझाङमा लेक लागेर बिरामी भएका एक पुरुषको नेपाली सेनाले उद्धार गरेको छ ।

खप्तड घुम्न गएका बेला लेक लागेर विरामी भएका धनगढी उपमहानगर पालिकाका ५४ वर्षिय ओम प्रकाश पनेरुको सेनाले उद्धार गरेको हो । आफन्त सँग घुम्न आएका पनेरु विरामी भएपछि खप्तड स्थित नेपाली सेनाको समरजित गुल्मलाई खबर गरिएको थियो ।

पनेरुको खप्तडमा प्राथमिक उपचार पछि नेपाली सेनाको टोलीले पाँच घण्टाको पैदल दुरीमा डोकोमा बोकेर खप्तडछान्ना गाउँपालिकाको दारुगाउँ सम्म पु¥याएको छ ।

Deep Jyoti Pustak psl
Loading...