
अत्तरिया : लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ सुकासालका विक्रमसिंह साउँद रहेका छन् ।
उनलाई दोधारा चाँदनी नगरपालिका–१ बाट भारतबाट नेपाल आउने क्रममा चेकजाँच गर्दा २ ग्राम ७२० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।