धनगढीमा ३ दिने आवासीय उद्यम शीलता विकाश तालिम

धनगढी : प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसाय सञ्चालन गरेका उद्यमीहरूलाई ३ दिने आवासीय उद्यम शीलता विकाश तालिम हिजोबाट कैलालीको धनगढीमा सुरु भएको छ।

Dhangadhi_Tihar 2083

यु एस ए आइडी जल जंगल परियोजनाको आयोजनामा भएको तालिममा कञ्चनपुर, बैतडी, डडेल्धुरा र दार्चुलाका २३ जना उद्यमीहरू सहभागी छन्। उद्यमीहरूका समस्या पहिचान एवं समाधानका लागी पहल गर्ने उद्देश्यले तालीम आयोजना गरिएको हो ।

जल जंगल परियोजनाका टिम लिडर भास्कर भट्टराई को सभापतित्वमा भएको उद्घाटन समारोहमा राष्ट्रिय लघुवित्त महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष गणेशवहादुर विष्ट प्रमुख अतिथी रहेका थिए। तालीममा सुशील ज्ञवाली, नागेन्द्रप्रसाद भट्ट र सुस्मिता चौधरीले प्रशिक्षण दिइरका छन्।

Loading...