सुदूरपश्चिमका सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब, कालोपट्टि बाँधेर काम गर्दै

अत्तरिया : १० महिनादेखि तलब नपाएका स्वास्थ्यकर्मीले कालोपट्टि बाँधेर काम गरिरहेका छन । सोमबार देखि सुदूरपश्चिमका सीमा नाकामा कार्यरत २७ जना कर्मचारी हात र टाउकोमा कालोपट्टि बाधेर काम गर्न थालेका हुन ।

Dhangadhi_Tihar 2083

सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौला लगायतका सिमानाकाका हेल्थ डेस्कमा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निरास बनेका छन् ।

हेल्थ डेस्क स्थानीय तहहरुले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको छ । विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमा रहेका हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मी तलब नपाएका हुन ।

हेल्थ डेस्कमा कोरोना भाइरस, एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु, कालाजार, स्क्रब टाइफस रोगको नमुना जाँच हुने गरेको छ । हेल्थ डेस्कमा हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, स्टाफ नर्स, अहेव, अनमी लगायत कार्यालय सहयोगीहरू कार्यरत रहेका छन् ।

Loading...