धनगढी : धनगढीमा दुई घरबाट खसी चोरी भएको छ।

धनगढी उपमहानगरपालिका–१८ को रामबहादुरको घरबाट २ ओटा र सोही ठाउँका सुशिल दमाईको घरबाट १ ओटा खसी चोरी गरिएको हो।
चोरी गर्ने १८ वर्षीय संकेत घिमीरे र चोरी गरिएको खसी खरिद गर्ने सानु कुरैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।